तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र

मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ।

आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन।

आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ। र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ। आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन्। एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ।

जीवाणु कन्जंक्टिवाइटिस एउटा आँखामा हुन्छ तर कहिलेकाहीँ दुवै आँखामा पनि हुन सक्छ। आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ। परेली टाँसिएको अनुभव हुन्छ। यो समस्या अहिले जताततै देखिएको छ।

भाइरस कन्जंक्टिवाइटिस एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्को आँखालाई पनि असर गर्न सक्छ। यस्तो अवस्थामा आँखाबाट धेरै आँसु र पानी आउने हुन्छ। कानको अगाडिको भाग (प्रि-ओरिकुलर लिम्फ नोड) सुन्निने र दुख्ने गर्छ।
एलर्जिक कन्जंक्टिवाइटिसमा आँसु धेरै आउने र चिलाउने गर्छ। यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो-धुवाँका कारण हुने गर्छ।

आँखा पाकेमा ध्यान दिनुपर्ने विषय

१) साबुन पानीले राम्ररी हात धुनुपर्छ।

२) आँखा सफा राख्नुपर्छ। आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय-समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ।

३) फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नु हुँदैन।

४) दिनदिनै लुगा र चलाएको रुमाल फेर्नुपर्छ।

५) आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ।

६) अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन।

७) आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ।

८) आँखा बेस्सरी मिच्नु हुँदैन। किनकि, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ|

कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तै: युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको अवस्थामा गम्भीर रुप लिन सक्छ। जसका कारण आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ।

त्यसैले आँखा रातो भएमा आफूखुसी औषधि प्रयोग गर्नुभन्दा आँखा विशेषज्ञलाई बेलैमा उत्तम हुन्छ।

स्वास्थ्य खवरबाट (डा मल्ल नेत्र/आँखा रोग विशेषज्ञ हुन्।)

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित