भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु

नेटवर्किङ व्यवसाय सञ्चालन गरेर सर्वसाधारणलाई पीडित तुल्याएको आरोपमा भारतको कुशीनगरबाट उद्धार गरेर ल्याइएका मध्ये १९ जनालाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीले शनिबार १ सय १५ महिला र ३ सय ३८ जना पुरुष गरी ४ सय ५३ जनाको उद्वार गरेर भैरहवा ल्याएको थियो । तीमध्ये १ सय ९  महिला र ३ सय २५ जना पुरुषलाई आवश्यक प्रक्रिया पूरा गरेर स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा शनिबार साँझ छाडिएको हो ।

बाँकी ६ जना महिला र १३ जना पुरुष गरी १९ जनालाई थप अनुसन्धानका लागि रूपन्देही प्रहरीको नियन्त्रणमा राखिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीले जनाए । उनीहरूलाई उद्वार गरेर शनिबार दिउँसो बेलहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।उद्धार गरिएकाहरूमध्येबाटै अनुसन्धानमा रहेकाले नै अन्य नेपालीलाई भारतमा लगेर नेटवर्किङमा लगाउने, फिराैती असुली गर्ने र नमाने बन्धक बनाउने गर्ने गरेको बताइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित