रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटाउनले रुपन्देही तिलोत्तमाको कोटिहवास्थित  पशुपति माध्यामिक विद्यालयमा दुई थान शुद्ध पिउने पानीको फिल्टर मेसिन जडान गरी स्कूललाई हस्तान्तरण गरेको छ ।

विद्यालय समयमा विद्यार्थीलाई प्रशोधित शुद्ध र प्रयाप्त पानी उचित व्यवस्था गराउने उद्देश्यसहित २ वटा मेसिन जडान गरेको थियो ।

आइतबार क्लबको टोलीले विद्यालयका प्रधानाध्यापक बेदनारायण भटटराईलाई खानेपानी हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै रोट्रयाक्ट कलब नेपाल भुटानका डिआरआर दिनेश गैरे विगतमा वर्षमा भन्दा यो वर्ष  धेरै योजना परेको बताए । उनले क्लबले साना– साना काम गरेर ठूलो प्रभाव पारेको बताए ।
रोटयाक्ट क्लव अफ बुटवल डाउनटाउन अध्यक्ष आबिश्कार खनाल स्कूलमा  १२० र ८० लिटरका मेसिन प्रदान गरिएको बताए ।

मेसिनको सही सदुपयोग गर्न खनालले सुझाव दिए । विद्यालयका प्रधानाध्यापक बेदनारायण भटटराईले विभिन्न दाताहरुको सहयोगले विद्यालयमा सहयोग जुटदै आएको बताए ।
स्कुलका कार्यबहाक अध्यक्ष बाला घिमिरे समयको आवश्यकतालाई बुझेर मेसिन बितरण खुसी ब्यक्त गरिन । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिन । रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष बाबुराम बञ्जाडेले रोटरीले बिधाथीको क्षेत्रमा काम गने बताए । क्लबका उपाध्यक्ष विकास टन्डनको स्वागत तथा सचिव केशव पौडेलको सञ्चालनका कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित