नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक  सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
समाचार :

हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम

गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजनामा तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

गुल्मीदरबार गाउँपालिका–७ ठूलोपोखरामा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा इश्वरी माध्यमिक विद्यालय, चारपाला दरबार प्रथम, ठूलोपोखरा माध्यमिक विद्यालय द्वितीय, शारदा माध्यमिक विद्यालय अमर अर्बाथोक तृतीय तथा गङ्गा आधारभूत विद्यालय चिनियापोखरी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रमका अवसरमा मिरा ट्रष्टले सहभागी विद्यार्थीहरूलाई झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको थियो। सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सगुन्स कलेक्सनकी सञ्चालक तथा समाजकी पूर्व अध्यक्ष उषा खत्रीले उपहार प्रदान गरेकी थिइन्।

सम्पर्क समाजले आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ। साथै विभिन्न रोगबाट पीडित इन्द्रबहादुर टोमटा र ललिता शाहीलाई संस्थाको तर्फबाट जनही १० हजार १०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो।

कार्यक्रमको सफल व्यवस्थापन तथा सञ्चालनमा संयोजक रमेश कार्कीको विशेष भूमिका रहेको आयोजकले जनाएको छ।

समाजका अध्यक्ष हिराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सह–सचिव सबिना टण्डनले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव विकास टण्डनले सञ्चालन गरेका थिए। हाजिरजवाफ प्रतियोगिताको सञ्चालन मिरा कोषका महासचिव रामचन्द्र पौडेल ले गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य, वडा संयोजक, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित