नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित
समाचार :

नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्दै नयाँ शैक्षिक यात्राको सफलताको शुभकामना दिएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा शनिबार सम्पन्न विशेष कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै हालैको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो।

हालै सार्वजनिक कक्षा १२ को नतिजामा विद्यालयका ३ विद्यार्थीले ३.९६ जीपीएसहित नेपाल प्रथम स्थान हासिल गरेपछि विद्यालयमा उत्साह थपिएको छ। सो अवसरमा नेपाल प्रथम भएका विद्यार्थीका साथै उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले दीप बोर्डिङलाई आफ्नो अध्ययनको गन्तव्य बनाएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक भविष्य सफल र उज्ज्वल हुने विश्वास व्यक्त गरे। उनले विद्यालयले उत्कृष्ट शैक्षिक नतिजामात्र नभई अनुशासन, नेतृत्व क्षमता, सिर्जनशीलता र व्यक्तित्व विकासलाई समेत समान प्राथमिकतामा राखेर शिक्षण गर्दै आएको बताए।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले यस वर्ष प्राप्त भएको उत्कृष्ट नतिजाले विद्यालयको गौरवशाली शैक्षिक इतिहासलाई थप उचाइमा पुर्‍याएको बताए। उनले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय, निरन्तरको मेहनत र विद्यालयको गुणस्तरीय शैक्षिक वातावरणका कारण हरेक वर्ष उत्कृष्ट उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे। आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउँदै उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शिक्षक तथा चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले हास्यव्यंग्य प्रस्तुति मार्फत विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए।

दीप बोर्डिङ हाई स्कुलमा प्लस टु तहअन्तर्गत व्यवस्थापन र विज्ञान संकायमा अध्ययन–अध्यापन हुँदै आएको विद्यालयले जनाएको छ। स्वागत कार्यक्रमले नयाँ विद्यार्थीलाई विद्यालय परिवारसँग घुलमिल गराउनुका साथै उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययनका लागि थप प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित