रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

बुटवल। टीभिएस मोटर कम्पनीले आफ्नो नयाँ मोटरसाइकल टीभिएस अपाचे आरटीआर १६० फोर भी (TVS Apache RTR 160 4V) बुटवलमा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्समार्फत आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मोटरसाइकललाई कम्पनीले १६० सीसी वर्गकै सबैभन्दा शक्तिशाली मोडलका रूपमा प्रस्तुत गरेको हो।

कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० फोर भीमा पहिलोपटक प्रोजेक्टर हेडलाइट, अपसाइड–डाउन (USD) अगाडिको सस्पेन्सन तथा ५ इन्चको टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता अत्याधुनिक प्रविधि समावेश गरिएको छ। रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन्।

१५९.७ सीसी क्षमताको इन्जिन रहेको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस तथा अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ। साथै, यसमा डुअल–च्यानल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) र १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ।

सार्वजनिक कार्यक्रममा बुटवलका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले टीभिएस अपाचे नेपाली युवामाझ उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण लोकप्रिय रहेको बताए। उनले नयाँ मोडलले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, जगदम्बा मोटर्सका प्रिमियम बिक्री प्रमुख विपिन बोगटीले अपाचे ब्रान्डले २५ वर्षभन्दा बढी समयदेखि विश्वका ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै नयाँ अपाचे आरटीआर १६० फोर भीले १६० सीसी वर्गमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरे।

कम्पनीका अनुसार टीभिएस अपाचे आरटीआर १६० फोर भी टीएफटी नेपालभरका चयनित विक्रेतामार्फत उपलब्ध भइसकेको छ भने छिट्टै देशभर विस्तार गरिनेछ। यो मोटरसाइकल म्याट कालो, रेसिङ रातो र मरिन नीलो गरी तीन आकर्षक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस मोटरसाइकलको शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित