सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी
समाचार :

सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने

बुटवल । नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रमा देखिएका सीमा विवाद, नागरिकता, लालपुर्जा तथा स्थानीय सुरक्षासम्बन्धी समस्या अध्ययन गर्न सुरक्षा निकायको उच्चस्तरीय टोलीले आइतबार स्थलगत अनुगमन गरेको छ। हालै सुस्तावासीले आफ्ना माग सम्बोधन गर्न काठमाडौंमा धर्ना दिएपछि गृह मन्त्रालयको निर्देशनमा टोली त्यस क्षेत्रमा पुगेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले सीमा क्षेत्रको वस्तुस्थिति, डुबानको समस्या, भारतीय पक्षबाट हुने हस्तक्षेप, नागरिकता र जग्गाधनी प्रमाणपत्रसम्बन्धी जटिलताबारे स्थानीयसँग छलफल गरेको थियो। टोलीले संकलन गरिएका तथ्यका आधारमा गृह मन्त्रालयमा विस्तृत प्रतिवेदन पेश गर्ने जनाएको छ।

प्रहरी नायब महानिरीक्षक खत्रीले स्थलगत अध्ययनका क्रममा स्थानीयले उठाएका समस्यालाई गम्भीर रूपमा लिइएको बताउँदै समाधानका लागि सम्बन्धित निकायसम्म यथार्थ विवरण पुर्‍याइने जानकारी दिए।

सुस्तावासीले गत जेठ २९ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी सुस्ता गाउँपालिका–५ को थारु टोलमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको आरोप लगाएका थिए। त्यस घटनापछि सरकारको ध्यानाकर्षण गराउन स्थानीय बासिन्दा असारको पहिलो साता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका थिए।

नारायणी नदीपारि भारतसँग सीमा जोडिएको सुस्ता गाउँपालिका–५ का बासिन्दाले वर्षौंदेखि सीमा अतिक्रमण, नागरिकता अभाव र लालपुर्जा नपाउने समस्याबाट प्रभावित हुँदै आएको बताएका छन्। स्थानीयका अनुसार करिब एक सय परिवारका सदस्य अझै नागरिकताविहीन रहेकाले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्न समेत समस्या भइरहेको छ।

अनुगमनकै क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुस्ता गाउँपालिका–५ स्थित जनता दलित आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। प्रहरी नायब महानिरीक्षक खत्री र गाउँपालिकाका जनप्रतिनिधि आदम खानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमाल खानमार्फत सामग्री हस्तान्तरण गरेका थिए।

स्थलगत निरीक्षण टोलीमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी उपरीक्षक रामबहादुर केसी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान राना, प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक डीबी मल्ल तथा सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमलगायतको सहभागिता रहेको थियो। टोलीले स्थानीय अगुवा र सरोकारवालासँग पनि छलफल गर्दै समस्याको विस्तृत जानकारी संकलन गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित