रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति

नेपालगंज– एक प्लाइउड ढोका उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१, फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी भएको हो । आगलागीबाट उक्त उद्योगमा पाँच करोडको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले बताए । उनका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जनाए ।

उनका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । तर, संचालकका अनुसार पाँच करोडको क्षति भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित