भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ । मणिग्राम चोकदेखि करिब सयमिटर उत्तरमा स्थापना गरिएको उक्त फार्मेसीको उद्घाटन नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा गरेका हुन् ।

उक्त फार्मेसी बुड्स मेडिको कन्सर्नको व्यवस्थापनमा पाँच वर्षका लागि सञ्चालन हुने गरी सम्झौता गरिएको छ ।  नगर प्रमुख खाणले स्थानीय तहबाट नेपालमै पहिलोपटक यस्तो प्रयास गरिएको दाबी गरे । उनले गुणस्तरीय तथा मान्यताप्राप्त औषधि सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्ने बताए । फार्मेसीमार्फत औषधिमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै उनले यसबाट आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे । साथै, सेवा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाको यो पहलले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सहजता ल्याउने बताइन् । उनले सुलभ र भरपर्दो औषधि सेवा विस्तारमा निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमै समावेश गरी फार्मेसी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले डाक्टरको पे्रस्क्रिप्सनका आधारमा गुणस्तरीय औषधि सस्तो मूल्यमा उपलब्ध गराइने व्यवस्था मिलाइएको बताए ।

सम्झौताअनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ । फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित