सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर

रूपन्देहीको तिलोत्तमा योगिकुटीस्थित नेपाल विद्यतु प्राधिकरणको सभ स्टेशनभित्र १५ वटा अजिंगरका बच्चा भेटिएका छन् । सर्प उद्धारकर्ता नविन पौडेल एकै ठाउँमा यति धेरै अजिंगर भेटिएको सम्भवतः पहिलो पटक भएको बताए ।

‘सभ स्टेशनबाट अजिंगर देखियो भनेर उद्धार गर्न बोलाउनुभयो’ पौडेलले भने, ‘शुरूमा एउटा उद्धार गरेर फर्किएँ । लगतै फेरि अर्को पनि देखियो भन्ने खबर आयो । त्यहाँ पुगेर हेर्दा फेरि अर्को पनि थपियो । त्यहीँ ठाउँमा बाँकी १२ वटासहित १५ वटा अजिंगर उद्धार गरेँ ।’
ती सबै विद्युत सप्लाई हुने ठाउँमा थिए । तर, उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाउने पौडेलको भनाइ छ ।

पौडेलले १५ दिनअघि सो क्षेत्रबाट ठूलो अजिंगर समातेर उद्धार गरेका थिए । गर्मी बढेसँगै तराई/मधेशमा सर्पको बिगबिगी हुन्छ ।

एक वर्षअघि तिलोत्तमा–५ प्रेमनगर एक घरभित्र २३ वटा विषालु गोमन सर्प भेटिएका थिए । वर्षायाम शुरू भएसँगै सर्पको टोकाइबाट अकालमा धेरैको ज्यान जाने गरेको छ ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता नविन बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित