बुटवलका स्वास्थ्यकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य अमृत भुसालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
रास्वपाको आगामी प्रथम केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला भुसालले केन्द्रीय सदस्य पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। चितवनमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै समाज सेवामा सक्रिय रहँदै आएका भुसालले राजनीतिक माध्यमबाट पनि नागरिकका समस्या समाधान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।
उनले स्वास्थ्य क्षेत्रका अनुभवलाई पार्टीको नीति निर्माण र जनमुखी अभियानमा उपयोग गर्ने लक्ष्यसहित नेतृत्वमा जान चाहेको उल्लेख गरेका छन्।










