दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन                
समाचार :

लुम्बिनीलाई सुहाउने व्यक्ति भेटिएनन्, सरकार ?

लुम्बिनी विकास कोष बुद्ध जन्मस्थलको नेतृत्व सम्हालेको संस्था हो। यहाँ करोडौं बौद्धमार्गीहरूको आस्थाको केन्द्र छ। बुद्ध जन्मिएको स्थान संसारका लागि पर्यटकीय क्षेत्र हो। बौद्धमार्गीका लागि पवित्रभूमि हो।

हाम्रो सरकारमा बस्नेहरूमा विकास कोषप्रतिको दृष्टिकोण निकै सतही छ। पवित्र भूमिमा कस्तो नेतृत्व पठाउनुपर्छ भन्ने विषयमा सामान्य हेक्का राखेको देखिँदैन। राजनीतिक नियुक्तिका नाममा यसलाई कसैको स्वार्थमा केन्द्रित गरिनुहुँदैन। विकास कोषको उपाध्यक्षको नियुक्ति पनि प्रचण्ड सरकारले गरेको त्रुटिपूर्ण निर्णय भएकैले जनस्तरबाट टिप्पणी भएको हो। विकास कोषको नेतृत्वका लागि धेरै योग्यहरू हुँदाहुँदै नागरिक समाजबाट प्रश्न उठ्ने गरी सरकारले निर्णय लिनुहुँदैन थियो।

नवनियुक्त उपाध्यक्षको व्यक्तिगत चरित्रका विषयमा मैले मिडियामार्फत धेरै सुनेको छु। म कसैको व्यक्तिगत चरित्रमाथि खण्डन गर्दिन। तर, एउटा कुरा के निश्चित हो भने सरकारमा बस्नेहरूले कुन चरित्रको व्यक्तिलाई विकास कोषको उपाध्यक्ष नियुक्त गर्छन्, यसले सरकारको चरित्रलाई स्पष्ट देखाउँछ। विभिन्न बहानामा ठगी र अकुत सम्पत्तिका साथै बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पक्राउ परेका व्यक्तिलाई उपाध्यक्षमा नियुक्ति दिनु सरकारको लाचारीपन हो। यस्तो विवादास्पद छवि भएका व्यक्तिको नियुक्तिले प्रचण्ड सरकारमाथि नै प्रश्नचिह्न उब्जाएको छ।

बुद्धजन्मस्थल लुम्बिनीको पवित्र भूमि हो। यहाँका गुम्बा विहारहरूमा सयौं भिक्षुले धर्मको देशना गरिरहनुभएको छ। उपाध्यक्ष पदमा आउने भनेको यही भिक्षुको नेतृत्वमा आउने हो। अब भन्नुस् बुद्धको शिक्षाप्रति समर्पित भएर बुद्धस्थलमा बुद्ध संस्कृतिको प्रवद्र्धन, संरक्षण र व्यावहारिक जीवनमा लिनुभएका भिक्षुहरूलाई एक अर्थमा नेतृत्व गर्ने व्यक्ति कस्तो हुनुपर्छ ?

मेरो विचारमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा आउने व्यक्ति बौद्धमार्गी हुनु अनिवार्य नै छ। भिक्षु नै उपाध्यक्ष भएको अवस्थामा अन्यथा कुरा हुने विषय भएन। तर, गृहस्थी जीवनको मानिस आउने हो भने कम्तीमा पञ्चशील पालना गर्ने हुनुपर्छ। अझै विकास कोषमा आउने नेतृत्वहरू अष्टशील पालनामा प्रतिबद्ध भएको हुनुपर्छ। बौद्ध ध्यान (विपश्यना) बसेको हुनुपर्छ।

हत्या, हिंसामा नलागेको, अरूलाई दुःख दिने मनसायले कर्म नगर्नेहरू पवित्रभूमिको नेतृत्वमा आउनुपर्छ। तृष्णमुक्त हुनुपर्छ। सद्विचार, सद्भाव हुनुपर्छ। चर्तुब्रह्म विहारयुक्त व्यक्ति लुम्बिनीमा आवश्यक छ। अन्नपूर्ण बाट साभार

(शाक्य लुम्बिनी विकास कोषका पूर्वसदस्य सचिव हुन्।)

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित