लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

स्टार क्रिकेटमा कुशल क्रिकेटर उत्पादन गर्दै शक्ति गौचन

क्रिकेटर शक्ति गौचन खेल जीवनपछि पनि खेलाडी उत्पादनमा व्यस्त छन्। भैरहवामा स्टार क्रिकेट एकेडेमी चलाइरहेका शक्तिले आफू जस्तै खेलाडी उत्पादनका लाग बिहान र साँझ प्रशिक्षण दिइरहेका हुन्छन्।

उमेरको आधा समय खेलाडीका रुपमा बिताएका शक्ति खेल जीवनपछि पनि उत्तिकै सक्रिय छन्। यो सबै उनको क्रिकेटप्रतिको लगावका कारण सम्भव भएको हो।

नेपालले डिभिजन ५ देखि टी–२० विश्वकपमा सहभागिता जनाउँदै एक दिवसीय मान्यता पाउँदा पनि शक्ति टोलीका मुख्य सारथि थिए।

खेलाडी जीवनमै एकेडेमी सुरु गरेका शक्ति अहिले पनि खेलाडी उत्पादनमा जुटिरहेका छन्।

सन्यासपछि कुशल मल्ल र सुशान भारीलाई राष्ट्रिय क्रिकेट टोलीसम्म पुर्‍याएका शक्तिले आफ्नो प्रशिक्षणको एउटा चरणलाई प्रमाणित गरिसकेका छन्। शक्तिले पुरस्कारस्वरुप पाएको पैसा यही एकेडेमीमै खर्च गरे।

खेल जीवनमा रहँदा सन् २००९ मा एकेडमी स्थापना गरे। एकेडेमीबाट उत्पादित खेलाडी नेपालको विभिन्न उमेर समूहको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। तिनै खेलाडीलाई देखेर एकदिन राष्ट्रिय टोलीको जर्सी लगाउने लक्ष्यमा क्रिकेट सिकिरहेका थुप्रै भेटिन्छन्।

एकेडेमीमा अहिले व्यवसायिक रुपमा २५ जनाले मासिक शुल्क तिरेर प्रशिक्षण लिइरहेका छन्। अन्य २५ जनालाई शक्तिले निःशुल्क प्रशिक्षण दिँदै आएका छन्।

आवासीय सुविधासहितको एकेडेमीमा शक्तिले प्रशिक्षण मात्र दिँदैनन्, विभिन्न प्रतियोगितामा भाग लिन आफ्नै खर्चमा पठाउँछन्।

आर्थिक अवस्था कमजोर भएका तर क्रिकेट मोह छाड्न नसक्नेलाई शक्तिले बल र ब्याटसमेत आफैँ किनिदिएर प्रशिक्षण दिने गर्छन्।

करिब ३ कठ्ठा जमिनमा शक्तिको स्टार एकेडेमीमा अत्यावश्यक पूर्वाधारसहितको इन्डोर क्रिकेट हल छ।

इन्डोर र आउट डोर दुवैमा शक्तिले प्रशिक्षण दिँदै आएका छन्। आफूले प्रशिक्षण दिएका खेलाडीलाई मैदानमा देख्दा शक्ति मात्र होइन, उनको एकेडेमीका खेलाडी पनि उत्साहित हुन्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित