भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी

प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएका हुन् ।

सोमबारदेखि सुरु छनोट खेलमा रुपन्देही र बर्दिया विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बर्दियाले पश्चिम नवलपरासीलाई पनि ७ विकेटले नै पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८ रनको झिनो योगफल बनायो । उसका लागि रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङमा रुपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए ।

जवाफमा रुपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले अविजित ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले १८ रन जोडे । बलिङमा कपिलवस्तुका महेश भरले २ तथा जीवन मौर्यले १ विकेट लिए । खेलमा मौसम ढकाल प्लेयर अफ द म्याच भए ।

एक्स्ट्राटेकमा भएको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको नवलपरासीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि जितेन्द्र केवटले ५५, भरतकुमार मगरले ४२, सम्राट भुसालले ३० र दीलिप कुर्मीले २४ रन बनाए । बलिङमा बर्दियाका स्लोप चौधरी र निखिल खत्रीले ३–३ विकेट लिए ।

जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै, नितेष न्यौपानेले ४२ तथा हर्षल भण्डारी र अशिम गिरीले समान २९ रन जोडे । बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलमा सुमित श्रेष्ठ प्लेयर अफ द म्यच भए ।

माघ २४ गतेसम्म चल्ने छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित