सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

रात्रिकालिन सेभेन–ए साईड फुटवल गर्दै बुटवल पब्लिक स्कुल

बुटवल पब्लिक स्कुलले “दोस्रो जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन–ए साइड फुटबल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ।

प्रतियोगिता २०८२ साल फागुन ०६ र ०७ गते दुई दिनसम्म सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ।

यस प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालय सहभागी भई प्रतिस्पर्धामा उत्रिने छन्। प्रतियोगिताका सबै खेलहरू बुटवल पब्लिक स्कुलकै आफ्नै स्टेडियममा सञ्चालन गरिनेछ।

विद्यालयका अनुसार प्रतियोगिता विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, टोलीगत सहकार्य तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यस प्रतियोगितालाई अझ विशेष बनाउने कुरा के छ भने यो नेपालमै पहिलो पटक विद्यालय स्तरमा आयोजना हुन लागेको रात्रीकालीन (Night Time) फुटबल प्रतियोगिता हो।

विद्यालयले आधुनिक प्रकाश व्यवस्थासहित रात्रीकालीन खेल सञ्चालनको तयारी पूरा गरिसकेको जनाएको छ।


आयोजक विद्यालयले प्रतियोगितालाई उत्साहजनक र ऐतिहासिक बनाउने लक्ष्य लिएको छ। साथै यस प्रकारका खेलकुद कार्यक्रमहरूले विद्यालयस्तरमा खेलकुद विकासका साथै प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगिता सफल बनाउन विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरू समेत सक्रिय रूपमा जुटिरहेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित