विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको यु-१९ क्रिकेट प्रतियोगितामा न्यू होराईजन एकेडेमीले विजयी शुरुवात गरेको छ । पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा सातौ संस्करणको यु-१९ क्रिकेट प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा न्यू होराईजनले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबमाथि ५ बिकेटको जित निकालेको हो ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ्ग रोज्दै तिलोत्तमाले ३८.३ मा १४१ रन बनायो । तिलोत्तमाका सन्दिप यादवले ५० बलमा ३५, अमन बोहराले ४५ बलमा २२ तथा लक्ष्मण कुमालले २७ बलमा १६ रनको योगदान दिए । कम स्कोरमा रोक्न न्यू होराईजनका शुभम केले शानदार ५ दर्श सुनारले २ बिकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको न्यू होराईजन २४.५ ओभरमा जित निकाल्न सफल भयो । न्यू होराईजनको जितमा दर्श सुनारले आफनो अर्धसतक पुरा गरे । उनले ५६ बलमा ५२ रन बनाए । यसैगरि सचिन जिसीले २८ बलमा २१ तथा सुरज खड्काले २४ बलमा नटआउट २० रनको योगदान दिए । तिलोत्तमाका सागर भण्डारीले ३ तथा लक्ष्मण कुमालले १ बिकेट लिए पनि जितका लागि पर्याप्त भएन । खेलमा होराईजनका दर्श सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रेफ्रीलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्दै क्रिकेट खेलेर ब्यवसायिक खेलाडीको अवस्था सृजना हुने अवस्था आएको बताए । ‘खेल खेलेरै कमाउन सक्ने र घर चलाउन सक्ने वातावरण सृजना भएको छ ।’ -उनले भने । क्रिकेटको पर्यायवाची शक्ति गौचन बन्न सफल भएको उदाहारण दिदै उनले क्रिकेट खेलेर, खेलाएर, सिकाएर, पढाएर, बुझाएर यसैमा दिएको योगदानको प्रशंसा गरे । ‘मैदानबाट बिदा लिन नपर्ने उदाहारण शक्ति गौचनबाट सिक्न सकिन्छ ।’ -उनले थपे ‘उहाबाट सबैले सिक्नुपर्छ ।’

कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, पूर्व राष्ट्रिय खेलाडी तथा एम्पायर संजय गुरुङ्ग, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, वेष्ट्रन क्रिकेट क्लबका निर्देशक भुवन पाण्डे, एकेडेमीका निर्देशक कविता गौचनले युवा खेलाडीहरुलाई प्रतियोगिता राम्रो अवसरका रुपमा रहेको बताए ।

उमेर समुहका खेलाडीहरुलाई ब्याटिङ्ग र बलिङ्ग दुबै कुरामा पोख्त बनाउन अभ्यास हुने गरि ५० ओभरको खेल आयोजना गरिएको स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले बताए । प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाडौं, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित