रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

प्यारामाउण्टमा क्रिकेट क्याम्प सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो । ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयका प्लस टु (व्यवस्थापन) संयोजक लक्ष्मण अर्यालले जानाकारी दिए ।

निशुल्क प्रदान गरिएको क्रिकेट क्याम्पमा नेपाल क्रिकेट एशोसिएनका सहायक प्रशिक्षक बसन्त बहादुर शाहीले प्रशिक्षण दिएका थिए । पछिल्लो समय क्रिकेट खेल तर्फ धेरै विद्यार्थीहरुको रुची बढ्दै गएकाले पनि निशुल्क क्रिकेट क्याम्प आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्लस टु विज्ञान संकायका संयोजक सुरज बस्यालले क्रिकेट क्रेज बढिरहेको अवस्थामा त्यसलाई प्रोत्साहन गर्न पनि विद्यालयले क्याम्पको आयोजना गरेको बताए ।


क्याम्पमा विद्यार्थीहरुले बलिङ, व्याटिङ, फिल्डिङका साथै सामान्य आधारभुत ज्ञान समेत प्राप्त गरेका थिए । हाल विद्यालयले क्रिकेट खेललाई प्राथमिकतामा राख्दै प्रशिक्षण केन्द्र समेत सञ्चालनमा आएको छ । हालै मात्र विद्यालयले क्रिकेट प्रशिक्षकको रुपमा बसन्त शाहीलाई नियुक्त गरेको र अब विद्यार्थीहरुका लागि नियमित क्रिकेट प्रशिक्षणको कार्यक्रम गर्ने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित