रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

सहिद देवीलाल स्मृति कप बुधबार देखि सुरु

बुटवल । सहिद देबिलाल पौडेलको स्मृतिमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववीयु) बुटबल बहुमुखि क्याम्पसको आयोजनामा सहिद देबिलाल स्मृति कप बुधबार देखि सुरु भएको छ । उक्त स्मृती कपको बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले स्वास्थ्यका लागि खेलकुद महत्बपूर्ण भएकाले सबैलाई नियमित खेल खेल्न आग्रह गरिन । साथै उनले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।
कार्यक्रममा बुटबल बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा खिमानन्द न्यौपाने, नेकपा एमाले नगर कमिटि सदस्य नविन थापा सारु, अनेरास्वस्वीयु जिल्ला उपाध्यक्ष भरत अर्याल, अनेरास्वबियु बुटबल क्याम्पस अध्यक्ष गोबिन्द रिजाल, लगायतले बोलेका थिए । बुधबार छात्र भलिबल उद्धघाटन खेलमा बिए र अनेरास्ववीयु बिच भएको खेलमा खेलमा अनेरास्ववियू विजयी भएको छ । वि एलाई २–० को सेटेल पराजित गर्दै अनेरास्ववियु अर्को चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा ६ टिमले सहभागि जनाएको कार्यक्रम सयोजक भगवत खडकाले बताए । कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन (स्ववीयु) सभापति दुर्गा बहादुर एम सिको अध्यक्ष तथा सचिब निलकण्ठ पाण्डेको सन्चालन तथा उपसभापति राजिब पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित