रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनः नेपाली सेनाका खगेन्द्र भाट प्रथम

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने नाराका साथ खेलकूद दिवसको अवसरमा भएको प्रतियोगितामा भाटल तिलौराकोट–लुम्बिनीका दूरीे २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का दोश्रो भए । उनले २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड मा दूरी पार गरे भने २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दूरी पार गर्दै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित प्रतियोगिता गरिएको हो । प्रतियोगितामा २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित