भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनः नेपाली सेनाका खगेन्द्र भाट प्रथम

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने नाराका साथ खेलकूद दिवसको अवसरमा भएको प्रतियोगितामा भाटल तिलौराकोट–लुम्बिनीका दूरीे २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का दोश्रो भए । उनले २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड मा दूरी पार गरे भने २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दूरी पार गर्दै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित प्रतियोगिता गरिएको हो । प्रतियोगितामा २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित