रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

क्रिकेट खेलाडी भुर्तेल र खनाललाई अक्सफोर्ड माविको सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल र देव खनाललाई अक्सफोर्ड माविले सम्मान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका साथै अन्डर १९ का क्याप्टेन खनाललाई अक्सफोर्डले सम्मान गरेको हो ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल,विरू क्षेत्री ,धर्म पौडेफ,राजकुमार पाण्डे तथा सञ्चालक समिति सदस्य नवराज पङ्गेनी लगायतले मल्ल तथा खनाललाई जनही नगद १५००० हजार ,मेडल तथा प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले आफ्नो संस्थाका पुर्व विद्यार्थी भुर्तेलले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको र खनालले अन्डर १९ खेलमा नेपालको गरिमालाई माथि उठाउन क्याप्टेनको भुमिकामा रहि नेपाललाई अन्डर १९ विश्वकपमा प्रवेश गर्न गरेको योगदानको कदर गर्दै सम्मान गरेको बताए ।

तिलोत्तमा नगरपालिकामा घर भई कक्षा ११ र १२ अक्सफोर्ड माविमा पढेका भुर्तेल र अर्घाखाँची घर भइ कक्षा ११ र १२ पढेका देव खनालले विद्यालय तहमा पनि उत्कृष्ट प्रर्दशन गर्ने गरेको स्मरण गर्दै नेपाललाई समेत अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा प्राध्यापक सुमन भुसालले बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दै ,अक्सफोर्ड मावि सधैं साथमा रहने प्रतिबद्धता जनाए ।

सो अवसरमा बोल्दै कुशल भुर्तेल तथा देव खनालले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा अक्सफोर्डको ठूलो योगदान रहेको बताउँदै अक्सफोर्डका गुरु गुरूआमाले दिएको शिक्षा र प्रेरणा नै सफलताको विन्दु रहेको बताउँदै सम्मानले अझ जिम्मेवार बनाएको धारणा राखेका थिए ।

अक्सफोर्डबाट कुशल ,देव सहित धेरै खेलाडीहरू राष्ट्रिय खेलाडी रहेको हुदा निरन्तरको मेहनत,अनुशासनले कुशल र देवले क्रिकेटमा सफलता हासिल गरेको बताएका थिए ।उक्त कार्यक्रमको अध्यक्ष प्राध्यापक अध्यक्षता दिनेश भुसालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित