लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गृह जिल्लामा क्रिकेट कप्तान रोहितलाई नगद सहित सम्मान

नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।

काठमाडौमा सम्पन्न नेपाल, पपुवा न्यु गिनी र युएई सम्मिलित एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश भएसँगै टिम कप्तान समेत रहेका बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी पौडेललाई नगरपालिकाले नगद ५१ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका बर्दघाट नगरबासी पौडेलले खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले क्रिकेटको लागि मैदानको ब्यवस्थापन हुन नसक्दा खेलाडीलाई केही अप्ठेरो भएको बताउँदै नगरले जग्गा ब्यवस्थापन गरी क्रिकेट मैदान बनाउन पहल गर्ने बताए ।

सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान गरेकोमा आभार ब्यक्त गर्दै स्थानीय स्तरमा खेलाडी उत्पादनमा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनले खेल मैदानको ब्यवस्थापन र खेलक्षेत्रमा पनि नगरले लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सबैलाई एकजुट गराउने खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेलाडीलाई उचित तालिमको ब्यवस्थापन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता सन्तु गाहा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मंगलबारै लायन्स क्लव अफ नवलपरासी दाउन्नेले पनि कप्तान पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसअघि नवलपरासीका विभिन्न सँघसँस्थाहरुले सम्मान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित