रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बिभागिय एपिएफलाई पराजित गर्दे फ्रेण्डस क्लव तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा

बुटवल । बिभागिय टोली ससस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लव बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २—१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो ।
निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा २—० को अन्तर भोगिरहेको एपिएफले एक गोल गरपनि जितको लागि पर्याप्त भएन् ।
फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र बिदेशी खेलाडी राफिक आमेनुले एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा बिरेन्द्रले गोल गरेपनि खेलमा फर्किन भने सकेकनन् ।
खेलमा म्यान अफ द म्याचबाट पुस्कृत हुँदै फ्रेण्डस क्लवका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित