भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

२२ औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने

चैत्र ४ गतेदेखि सुरु हुने बाईसौं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । चैत्र ११ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

खेल तालिका अनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेता टिमले गोल्डकप संगै ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैया वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधीभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई समेत जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए । मोफसलमा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड आठ लाख बढि खर्च अनुमान गरिएको छ ।

विगतका प्रतियोगिता भन्दा यसपटक पुरस्कार राशी समेत बृद्धि गरिएको र अन्य खर्च समेत बढेकोले बढि खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताए । गोल्डकप प्रतियोगिताको २० औं संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयां पुरस्कार राशी रहेकोमा २१ औं संस्करणमा पुरस्कार राशी बढाएर ८ लाख ८० हजार पु¥याईएको थियो । २०७५ सालमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधी विदेशी पाहुना टोली दाउफिन्स एफसि क्यामरुनले जितेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित