रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

भैरहवा ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबीच भलिबल, विभिन्न विद्यालयकाका विद्यार्थीबीच एथलेटिक्स, कराँते लगायतका खेल हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विद्या प्रसाद यादवले कार्यक्रममा विभिन्न विद्यालयहरुको सहभागीता रहेको बताए । उनले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित गर्दै लैजाने बताए । उनले भने, ‘यो प्रतियोगितालाई निरन्तरता दिदै जानुपर्छ । ’
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिएको बताइन् । उनले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्ने बताइन् ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले आगामी दिनमा पनि खेलकुद प्रतियोगिता आयोजना गर्दै जाने बताए ।
समाजसेवी हरिद्वार हरिजनले पढाइसँगै खेलकुद पनि आवश्यक भएको र खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढाउने बताए ।
श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक रामसुरेश वर्माको स्वागत तथा रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष आविद अली पठान, ४ का अध्यक्ष तारानाथ यादव, ७ का अध्यक्ष अन्नान अहमद भाट, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा कराँते खेलाडीले खेल प्रदर्शन गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित