रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

श्रीलंकामा हुने कराँते खेलाडीलाई बुटवलबाट बिदाई

 

बुटवल । श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, महाशाखा प्रमुख मित्रमणि खनालसहितको टोलीले खेलाडीसहितको टोलीलाई माला र खादा लगाएर बिदाई गरेको हो । खेलाडीहरुलाई बिदाई गर्दै पन्थीले कराँतेमा उपाधि हासिल गरेर आउनका लागि शुभकामना दिए । उनले खेलका माध्यमबाट बुटवल र नेपालकै नाम विश्वसामु परिचित गराउँदै जितेर आउनका लागि शुभेच्छा व्यक्त गरे ।

मार्च ४ मा श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन भैरहवाका कमरुद्दिन अली, देवदहका शोभाखर पन्थ, तिलोत्तमाका ९ वर्षका श्याम कँडेल, बुटवल देवीनगरका १३ वर्षका रिपेश बस्याल, सिन्धुलीका पुरुषोत्तम पोखरेल र मुख्य प्रशिक्षकका रुपमा हरिशरण केसी सहभागी हुने टीम व्यवस्थापक जनेश पन्थीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित