रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

छात्राहरु बेहोस हुन थालेपछि परासीको आदर्श मावि बन्द

बुटवल । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ ।
सोमबार अध्ययन गर्न आएका विद्यार्थीहरुमध्ये ५ जना बेहोस भएका थिए । मंगलबारफेरि ति ५ जनासहित थप ५ गरी १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताए ।
बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समुहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका थिए भने केही कक्षा कोठामा बेहोस भएका थिए ।
बेहोस भएकाहरुलाई तत्कालै पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि उनीहरु घर फर्केका छन् । बेहोस हुने धेरै छात्रा एकै परिवारका (दाजुभाईका छोरी) छन् । केही छिमेकी छन् । बेहोस भएका सबै एउटै गाउँका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बेहोस भएर अस्पताल आएका सबै छात्राले तल्लो पेट दुखेको बताएका थिए ।
बेहोस भएका छात्राहरुको लक्षणमा शरीर पूरै कडा हुनुका साथै लामो– लामो सास फेरेका थिए । धेरैजसो पाठेघरमा समस्या भएका महिलाहरुमा यस्तो समस्या देखिने गरेको होदाले बताए । रजश्वला(मिन्स) हुने समय भएका र भईसकेका केही महिलाहरुमा यदाकदा यस्तो समस्या देखिने गरेको होदाले बताए । यो रोग भएपनि ठूलो समस्या नभएको डा. होदाको भनाई छ ।
छात्राहरु बेहोस भएपछि अस्पतालले मनोसामाजिक परामर्शसहितको चिकित्सकको टोली विद्यालयमा पठाएको थियो । छात्राहरु बेहोस भएपछि अभिभावहरु आएर विद्यालयमा भूत प्रेत रहेको भन्दै पूजाआजा गर्न भनेका थिए । देवी देउता र भूत प्रेतको पछि लाग्नु हुँदैन । सामान्य समस्या भएको र त्यसलाई सहज रुपमा लिनका लागि जानकारी दिन बुधबार अभिभावक र शिक्षकहरुलाई बोलाएर कार्यक्रम गर्न लागिएको होदाले जानकारी दिए। यो एक प्रकारको रोग रहेकाले बारम्बार त्यसलाई सम्झि राख्न र अरुले पनि त्यसलाई सम्झाउने प्रयास गर्न नहुने डा. होदाको सुझाव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित