३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कालिका मावि र समिट बोर्डिङ द्वारा राष्ट्रपति छनौट प्रतियोगितामा धादली, छानविन पछि परे कारबाहीमा

बुटवल। बुटवलमा भएको राष्ट्रपति छनौट नगरस्तरीय प्रतियोगितामा धादली गरेपछि दुई विद्यालय कारबाहीमा परेका छन् । बुटवलको कालिका मावि र समिट बोर्डिङ स्कुल कारबाहीमा परेका हुन् ।

फुटबल प्रतियोगितामा तोकिएको मापदण्डभन्दा बढी उमेरका र बाहिरी विद्यालयका खेलाडी खेलाएपछि कारबाहीमा परेका हुन् । ती विद्यालयहरु कारबाहीमा परेको खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले बताए । प्रतियोगितामा १८ वर्ष ननाघेको (२०६१ साल फागुन १० गते) भित्र जन्म मिति भएका विद्यार्थीहरु मात्र खेल्न पाउने प्रावधान रहेको छ । सिद्देश्वर खेलमैदानमा भएको खेलमा कालिका मानव ज्ञानका खेलाडीहरु २०६० साल जन्म मिति रहेका ३ जना विद्यार्थीहरु समावेश गरेको उजुरी परेपछि छानबिनको क्रममा प्रमाणित भई कारवाही गरिएको उनले बताए । फागुन १० गते भएको कालिका मावि र स्कलर्स होम बोर्डिङ स्कुल बीचको खेलमा कालिकाले ३ जना खेलाडी उमेर हदभन्दा बढी उमेर नाघेका खेलाएका थिए ।

यसैगरी दीप बोर्डिङ स्कुलसंँगको खेलमा समिट बोर्डिङ स्कुलले गोलकिपर बाहिरी विद्यालयका खेलाडी राखेर खेलाएपछि बिवाद उत्पन्न भएको थियो । गोलकिपर सन्देश खनाल समिटमा पढेको प्रमाण नभेटिएको अध्यक्ष क्षेत्रीले बताए । जारी प्रतियोगितामा फुटबलको उपाधिका लागि फाईनलमा अक्सफोर्ड इङ्गलिस बोर्डिङ स्कुल र त्रिभुवन इङलिश बोर्डिङ स्कुल बीच खेल हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित