लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कालिका मावि र समिट बोर्डिङ द्वारा राष्ट्रपति छनौट प्रतियोगितामा धादली, छानविन पछि परे कारबाहीमा

बुटवल। बुटवलमा भएको राष्ट्रपति छनौट नगरस्तरीय प्रतियोगितामा धादली गरेपछि दुई विद्यालय कारबाहीमा परेका छन् । बुटवलको कालिका मावि र समिट बोर्डिङ स्कुल कारबाहीमा परेका हुन् ।

फुटबल प्रतियोगितामा तोकिएको मापदण्डभन्दा बढी उमेरका र बाहिरी विद्यालयका खेलाडी खेलाएपछि कारबाहीमा परेका हुन् । ती विद्यालयहरु कारबाहीमा परेको खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले बताए । प्रतियोगितामा १८ वर्ष ननाघेको (२०६१ साल फागुन १० गते) भित्र जन्म मिति भएका विद्यार्थीहरु मात्र खेल्न पाउने प्रावधान रहेको छ । सिद्देश्वर खेलमैदानमा भएको खेलमा कालिका मानव ज्ञानका खेलाडीहरु २०६० साल जन्म मिति रहेका ३ जना विद्यार्थीहरु समावेश गरेको उजुरी परेपछि छानबिनको क्रममा प्रमाणित भई कारवाही गरिएको उनले बताए । फागुन १० गते भएको कालिका मावि र स्कलर्स होम बोर्डिङ स्कुल बीचको खेलमा कालिकाले ३ जना खेलाडी उमेर हदभन्दा बढी उमेर नाघेका खेलाएका थिए ।

यसैगरी दीप बोर्डिङ स्कुलसंँगको खेलमा समिट बोर्डिङ स्कुलले गोलकिपर बाहिरी विद्यालयका खेलाडी राखेर खेलाएपछि बिवाद उत्पन्न भएको थियो । गोलकिपर सन्देश खनाल समिटमा पढेको प्रमाण नभेटिएको अध्यक्ष क्षेत्रीले बताए । जारी प्रतियोगितामा फुटबलको उपाधिका लागि फाईनलमा अक्सफोर्ड इङ्गलिस बोर्डिङ स्कुल र त्रिभुवन इङलिश बोर्डिङ स्कुल बीच खेल हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित