भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्रदिप र अभिलाषालाई बुटवलमा सम्पन्न पाँचौ राष्ट्रिय खुला लन टेनिसको उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६-३, ६-३, ६-२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिङ्गलको उपाधि अभिलाषा बिष्टले चुमिन ।

विष्टले माहिका रानालाई फाईनलमा ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाईन । प्रतियोगिताको पुरुष/महिला सिङ्गलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् यसैगरि ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६-२, ७-५ को सेटमा पराजित गर्दै उपाधि जिते ।

यसैगरि ५५ वर्ष उमेर पुरुष एकलको उपाधि बिमल गुरुङले हात पारेका छन् । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे । एक कार्यक्रमका बीच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुङ्गाना, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित