लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा प्रथम कर्णेल उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुने

बुटवल । बुटवलमा प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७९ हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन २७ गते शनिबार बुटवलमा सो कार्यक्रम हुन लागेको हो । शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए ।

खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनिहरु जिल्ला हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता ५ वटा वजन समूहमा हुनेसंघका सचिव तथा राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए । रुपन्देही जिल्लामा ३५ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १२ जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।

प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र पाउनेको व्यवस्था रहेको संघका कोषाध्यक्ष मनोज अग्रवालले बताए । बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने अग्रवालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित