भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलमा प्रथम कर्णेल उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुने

बुटवल । बुटवलमा प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७९ हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन २७ गते शनिबार बुटवलमा सो कार्यक्रम हुन लागेको हो । शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए ।

खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनिहरु जिल्ला हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता ५ वटा वजन समूहमा हुनेसंघका सचिव तथा राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए । रुपन्देही जिल्लामा ३५ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १२ जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।

प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र पाउनेको व्यवस्था रहेको संघका कोषाध्यक्ष मनोज अग्रवालले बताए । बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने अग्रवालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित