भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ ।
कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोश्रो भयो । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय भएको छ ।
कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्य सहित ११ पदक, एभरेष्ट बोर्डि?ले २ स्वर्ण, १ कास्य पदक जितेको छ ।
दीप बोर्डि?ले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डि?ले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतम बुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ ।
त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ ।
यस्तै लुम्बिनी बोर्डिले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डि?ले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्यपदक जितेको छ ।

अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २ कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो ।
विजेता र उपबिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो ।
पुरस्कार हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले बुटवलबाट राष्टिय अन्तरराष्टिय स्तरमा सहभागी हुने गरी क्षमता विकासका लागि सहयोग गर्ने बताए ।
उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडीहरुको बीमा र नगदसहितको व्यवस्था गरिएको बताए । उनले बुटवललाई खेलका माध्यमबाट राष्टियस्तरमा परिचित गराउने गरी लाग्न खेलक्षेत्रका अगुवाहरुलाई आग्रह गरे ।
प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी भएको उनले बताए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित