भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ । भुर्तेललको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।

लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।

नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडिआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।

नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाएँदा पराजित भएको थियो । भुर्तेल ओडिआई र टी२०आईमा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो उपलब्धि हासिल गरिसकेका छन् । कीर्तिमानी लष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए । त्यसपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरे । ५३ रन हुँदा ज्ञानेन्द्र पनि आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहित पौ८लले मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे ।

ओडिआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए । त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबिया विरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडिआईमा एक हजार रन पूरा गरेका थिए । त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२-५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । तर चार वर्षपछि पहिलो पटक ओडिआई खेलेका सन्दिप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण झारेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । त्यसअघि करणले ५ विकेट लिएका थिए । तर नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भुर्तेल आउट भए । लगत्तै आएका सन्दीप लामिछानले डक आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ द्छक्का मद्दतमा अविजित २० रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३-३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो । कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए । बलिङतर्फ नेपालका लागि भ्यालेन्टाइन ब्वाए करण केसीले ५ विकेट लिए । ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५-२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक१३ रन बनाएर आउट भए । भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडिआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् ।

यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए । तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचबउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।

जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए । नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै बलात्कारको आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछानेले यस खेलमार्फत पुनरागमन ३ विकेट लिए । १० ओभर कोटा बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । यस्तै ४९औं ओभर बलिङ गरेका उनले उक्त ओभरको पहिलो र अन्तिम बलमा विकेट लिए । सोमपाल कामीले र कुशल मल्लले १-१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित