रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

८ औं मणिमुकुन्द रनिङ कप भलिबलको उपाधी स्याङ्जालाई

८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो ।
पहिलो सेट २५–२३ ले हारेको स्याङ्जाले त्यस पछिका ३ सेट २५–१३,२५–२३ र २५–१६ अंकले जितेको हो ।

फाइनल खेलको म्यान अफ द म्याच स्याङ्जाका हरि पाण्डे भए । स्याङ्जाले यो प्रतियोगिताको उपाधी पांचौपटक जितेको हो । लुम्बिनी र गण्डकीका ९ टिमको सहभागिता रहेको प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ ।

उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो भएको टिमले १ लाख ५० हजार र दोस्रो हुने टिमले १ लाख नगद पुरस्कार पाएका छन । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजार र सान्त्वना भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्त बुझाउनु परेको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङजाका सञ्जुविक्रम शाहले नगद १० हजारसहित कप तथा प्रमाणपत्रले सम्मानित भएका छन । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुंवर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङजाका सुदिप राना हुन सफल भएका छन । यस्तै वेस्ट कोचका रुपमा पनि स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन ।

प्रतियोगितामा विजयी खेलाडिहरुलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, राष्ट्रिय खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटट्राई, मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित