भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

रुपन्देही सुपरलिग सुरुः उद्घाटन खेलमा नेपथ्य विजयी

भैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ । नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ३८ ओभरको खेलमा ३७ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । उसका लागि अंकित बिकले सर्बाधिक ३२ रन बनाउँदा सुनिल धमलाले २३, निशान्त शर्माले १९ र कृष्ण पराजुलीले १४ रनको योगदान दिए ।

बलिङमा देबदहका किर्तिमान ढकाल र संकेत भट्टराईले समान ३–३ विकेट लिँदा अर्जुन रायमाझीले २ तथा प्रशान्त गैरे र सुरज खड्काले १–१ विकेट लिए ।

प्रतिउत्तरमा जितका लागि पाएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा देबदह २७ ओभर ३ बलमा सबै विकेट गुमाई ८२ रन मात्र बनाई ६८ रनले पराजित हुन पुग्यो । देबदहका बिनित कार्कीले सर्बाधिक ३१ रन र संकेत भट्टराईले १२ रन बाहेक अरु कुनै खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

देबदहलाई सस्तैमा रोक्न नेपथ्यका सुनिल धमलाले ५ विकेट लिए भने सन्देश पंगेनीले २ तथा कृष्ण पराजुली, आशिष पाण्डे र सरोज भुसालले समान १–१ विकेट लिए । खेलमा म्यान नेपथ्यका सुनिल धमला अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत आइतबार गोलपार्क क्रिकेट क्लब, बुटवल र साई ग्लोबल एकेडमी, भैरहवाबीच हुनेछ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता एक समारोहबीच सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, सचिव संजय गुरुङ लगायत खेलाडी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित