३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

८ औं मणिमुकुन्द रनिङ कप : दोस्रो दिनको दोस्रो खेलमा गुल्मी विजयी

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको दोस्रो खेलमा गुल्मी विजयी भएको छ । गुल्मीले जिल्ला भलिबल संघ नवलपरासीलाई ३-१ को सेटमा जित निकालेको हो ।

खेलमा गुल्मीले २५-२१, २७-२५ र १९-२५ र २५-१७ को अंकसहित जित दर्ता गरेको हो । प्रतियोगितामा गुल्मीका चन्द्र कुंवर म्याद अफ दी म्याच घोषित भएका छन् । यसअघि विहान भएको पहिलो खेलमा जिल्ला भबिल संघ नवलपुर विजयी भएको छ । जिल्ला भबिल संघ बागलुङलाई ३-२ को सेटमा नवलपुरले जित दर्ता गर्दै समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको हो । समूह ए मा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ ।

तिलोत्तमा-२ स्थित क्लबको खेल मैदानमा जारी प्रयोगितामा तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित