रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

८ औं मणिमुकुन्द रनिङकप भलिबल : दोस्रो दिनको पहिलो खेलमा नवलपुर विजयी

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको पहिलो खेलमा नवलपुर विजयी भएको छ । जिल्ला भबिल संघ नवलपुर र जिल्ला भबिल संघ बागलुङका बीच भएको प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा नवलपुरले जित दर्ता गर्दै अंक जोड्न सफल भएको हो ।

प्रतियोगिताको पहिलो सेट बागलुङ जिल्लाले २५–२० को सटेमा आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेटमा २५–१८ अंकसहित नवलपुरले आफ्नो पक्षमा पार्न सफल भएको थियो । यसैगरी तेस्रो सेट बाग्लुङले २५–१८ को अंकसहित आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भने नवलपुरले खेललाई लयमा फर्काउँदै २५–१९ को सेटमा जित दर्ता गरेपछि खेल २–२ को बराबरीमा गएको थियो । अन्तिम सेटको खेलमा भने बागलुङलाई सहज रुपमा पछि पार्दै नवलपुर १५–९ को सेटमा जित दर्ता गरेको छ । यो खेलसँगै नवलपुर प्रतियोगितामा लगातार २ वटा जित दर्ता गर्न सफल भएको छ । प्रतियोगितमा नवलपुरका अशोक श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रयोगितामा दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ ।

मगलबार भएको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३–० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो । मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित