लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

ज्ञानगंगा पाठशालामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू–१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्राहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले ४ हजार नगद राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तृतीय हुने समूहले २ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । यसैगरी विगततर्फ बेस्ट प्लेयर, उदयमान खेलाडी र अनुशासित समूहलाई सम्मान गरिने खेल संयोजक मिलन रानाले जानकारी दिए ।

जिल्लाका १६ विद्यालयहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा १६ जना खेलाडी सहभागी हुने छन् । यसैगरी प्रतियोगितामा सहभागिताका लागि एक हजार प्रवेश शुल्क राखिएको उनले बताए । नकआउटका आधारमा खेल खेलाइने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित