३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मणिमुकुन्द रनिङशिल्ड भलिबल: पर्वत र नवलपुरको सहज जीत

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं रनिङशिल्ड भलिबल कपको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो ।

पर्वतले २७-२५, २५-२२ र २६-२४ को सोझो सेटमा रुपन्देहीलाई पराजित गरेको हो ।प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-२२, २५-१६ र २५-११को सेटमा जित दर्ता गर्दै नवलपुरले अंक जोडेको हो । प्रतियोगितामा सन्तोष राना मगर म्यान अफ दी म्याच घोषि भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताए । भौतिक तथा पूर्वाधारको विकाससँगै मानवीय विकास महत्वपूर्ण रहेको बताउँदै उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताए । यसैगरी लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको निर्माण तथा खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु आवश्यक रहेको बताए ।

जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।

क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार ४ वटा खेल हुने भएका छन् । बुधबार पहिलो खेल जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने छ भने दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । यसैगरी तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल विहान साढे ९ बजेदेखि हुने छ भने दोस्रो विहान साढे ११ बजेदेखि सुरु आयोजकले जनाएको छ । यसैगरी तेस्रो खेल दिउँसो साढे १ बजे तथा चौथो खेल दिउँसो ३ बजे हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित