रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

अक्सफोर्ड मा वि बुटवलमा खेल सप्ताह सुरु

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले कक्षा ११ र १२ तर्फ सोमबार खेलकुद सप्ताहको उद्घाटन गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकुद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।
सिद्देश्वरी खेल मैदानमा आयोजित उक्त कार्यक्रमलाई विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल तथा प्रमुख अतिथि हरि क्षेत्रीले संयुक्त रुपमा भलिबल समूहलाई भलिबल हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि क्षेत्रीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताए । साथै उनले निकट भविष्यमा हुन गइरहेका जिल्ला र प्रदेशस्तरीय विभिन्न खेलकुद कार्यक्रमसम्बन्धी जानकारी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्राचार्य दिनेश भुसालले शैक्षिक क्रियाकलापमा अब्बल रहेको अक्सफोर्डले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमलाई पनि उच्च महत्त्व दिएको बताए । उनले अक्सफोर्डले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको बताए ।


उद्घाटन कार्यक्रममा आज अर्थात् पहिलो दिन छात्रातर्फ भलिबल, छात्र र छात्रातर्फका ४०० मिटर र १०० मिटरका दौडहरु सम्पन्न भएका छन् भने फुटबल छात्रतर्फ क्वार्टर फाइनल खेलका समीकरणहरु पूरा भएका छन् । प्राध्यापक सञ्जय मरासिनीको संयोजकत्वमा भएको छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् ।

यसैगरी प्राध्यापक विष्णु बस्यालको संयोजकत्वमा सञ्चालन भएको ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् । यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम,विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र सुजिता भट्टराई तृतीय भएका छन् । यसैगरी भोलि मङ्गलबार सटपुट, छात्रतर्फ भलिबल, छात्रा ब्याडमिन्टन र छात्र बास्केटबल, छात्र फुटबलका सेमीफाइनल र फाइनल खेलहरु सञ्चालन हुने कुरा शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित