३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

८ औं मणिमुकुन्द भलिवल प्रतियोगितामा ११ जिल्लाको सहभागिता हुने, तयारी तिब्र

बुटवल । ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ ।
मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको आफ्नै खेलमैदानमा माघ २४ गतेदेखी २८ गतेसम्म प्रतियोगिता हुने बताए । प्रतियोगितामा ११ जिल्लाको सहभागिता हुने उनको भनाई छ ।
मणिमुकुन्द भलिबल क्लबका संरक्षक तथा ८ औं मणिमुकुन्द भलिवल प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले प्रतियोगिताको तयारी तिब्र पारिएको र अहिले खेल हुने स्थानमा ८ सय क्षमताको प्याराफिट निर्माण गरिसकिएको बताए ।
कुल १९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा यस पटक लुम्बिनी प्रदेशका ४, गण्डकी प्रदेशका ५, सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशका एक÷एक गरी कुल ११ जिल्लाले सहभागिता जनाउने उनले बताए ।
गण्डकी बाट बाग्लुङ, स्याङजा, तनहु, नवलपुर र पर्वत जिल्ला भलिवल संघले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले बताएको छ । त्यसैगरी लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी जिल्ला, सुदुरपश्चिम प्रदेशबाट बझाङ र बागमती प्रदेशबाट चितवन जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने खेल संयोजक गुरुङले बताए ।


जिल्लामा नयां खेलाडीहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको भनाई छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख ५० हजार सहित रनिङकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै द्धितिय पुरस्कार नगद १ लाख, कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र तथा चौथो पुरस्कार नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष मिलन रानाले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने रानाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित