लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

८ औं मणिमुकुन्द भलिवल प्रतियोगितामा ११ जिल्लाको सहभागिता हुने, तयारी तिब्र

बुटवल । ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ ।
मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको आफ्नै खेलमैदानमा माघ २४ गतेदेखी २८ गतेसम्म प्रतियोगिता हुने बताए । प्रतियोगितामा ११ जिल्लाको सहभागिता हुने उनको भनाई छ ।
मणिमुकुन्द भलिबल क्लबका संरक्षक तथा ८ औं मणिमुकुन्द भलिवल प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले प्रतियोगिताको तयारी तिब्र पारिएको र अहिले खेल हुने स्थानमा ८ सय क्षमताको प्याराफिट निर्माण गरिसकिएको बताए ।
कुल १९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा यस पटक लुम्बिनी प्रदेशका ४, गण्डकी प्रदेशका ५, सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशका एक÷एक गरी कुल ११ जिल्लाले सहभागिता जनाउने उनले बताए ।
गण्डकी बाट बाग्लुङ, स्याङजा, तनहु, नवलपुर र पर्वत जिल्ला भलिवल संघले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले बताएको छ । त्यसैगरी लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी जिल्ला, सुदुरपश्चिम प्रदेशबाट बझाङ र बागमती प्रदेशबाट चितवन जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने खेल संयोजक गुरुङले बताए ।


जिल्लामा नयां खेलाडीहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको भनाई छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख ५० हजार सहित रनिङकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै द्धितिय पुरस्कार नगद १ लाख, कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र तथा चौथो पुरस्कार नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष मिलन रानाले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने रानाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित