लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

तिलोत्तमा । चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कुलले जितेको छ । तिलोत्तमा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कुल बुटवललाई सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।
यस्तै साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुल तेस्रो र हिलबर्ट मावि कपिलवस्तु चौथो भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एभरेष्टकी निशा चौधरी बेस्ट स्पाइकर,यमुना रसाइली बेस्ट डिफेन्स,सरस्वती कट्टेल बेस्ट लिफ्टर,शान्ता सुनार बेस्ट प्लेयर,मिना सुनार उदियमान खेलाडी तथा अर्जुन घिमिरे बेस्ट कोच घोािषत भए ।
यस्तै कुंवरवर्ती बोर्डिङकी बुनु आले अनुशासित खेलाडी, न्यू होराइजनकी संगिता चौधरी बेस्ट सर्भर,हिलबर्ट माविकी स्मारिका चौधरी बेस्ट ब्लकरका रुपमा पुस्कृत भएका छन् ।
प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगर भित्रका संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सरकारले गर्ने विभेद अन्त्य हुनुपर्ने बताए ।
सो अवसरमा उपमेयर जागेश्वरी चौधरीले खुलला महिला भलिबल प्रतियोगिताले आम महिलाहरुलाई खेलकुदप्रति आकर्षित गर्न सफल भएको भन्दै यस्ता प्रतियोगितालाई अझ विस्तारित र फराकिलो बनाउनुपर्ने बताइन् ।
विद्यालयका प्राचार्य दीपक खनालले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक क्रियाकलापसंगै खेलकुद,संगीत र अतिरिक्त कियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको हुंदा विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बनेको बताए ।
कार्यक्रममा नगरपालिकाका शिक्षा ,युवा तथा खेल्कुद शाखा प्रमुख गंगा राम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बिद्यालयका अध्यक्ष लक्ष्मण खनालले आआफ्ना भनाई राखेका थिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित