रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

अक्सफोर्ड र सेन्ट जोसेफ हिसान फुटसलको सेमिफाईनल प्रवेश

बुटवल । अक्सफोर्ड मावि सुख्खानगर र सेन्ट जोसेफ मावि भलवाडी बुटवलमा जारी जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा अक्सफोर्ड बुटवलले होराईजन माविलाई हराउदै र सेन्ट जोसेफले सुनगाभा पब्लिक मावि सैनामैनालाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेका हुन् । तिलोत्तमा योगिकुटीको फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा सेन्ट जोसेफले सुनगाभा माविलाई २–० ले र अक्सफोडले होराईजन मावि लाई २–० ले जितरे सेमिफाईनलमा प्रवेश गरेको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।
यस्तै शुक्रबारनै भएको खेलमा सिदार्थ बोडिङ्ग, प्यारामाउण्ट मावि, स्कलर्स होम मावि र प्रभात माविले विजयी सुरुवात गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन् । रुपन्देहीका १९ संस्थागत विद्यालयहरु खेलाडि टिम सहभागि भएको फुटसल प्रतियोगिताको क्वाटर फाईनल, सेमिफाईन र फाईनलका खेलहरु हुने खेल संयोजक अर्यालले जानकारी दिए ।
माघको ६, ७ र ८ गतेगरी तीनदिनसम्म चल्ने प्रतियोगितामा विजयी हुने टिमले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेता टिमले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने हिसानका सचिव बाबुराम बन्जाडेले जानकारी दिनुभयो । हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालको अध्यक्षतामा भएको खेल प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान प्रसंशनीय रहेको बताए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा बरावर योगदान दिएको बताउँदै दुबै विद्यालयलाईसँगसँगै लैजानु अहिलेको आवश्यकता रहेको बताए ।
हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा हिसानका केन्द्र्रीय सदस्य कृष्ण पौडेल, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शान्ति समाजका पुर्व अध्यक्ष गोविन्द खनाल, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका बरिष्ठ उपाध्यक्ष पुष्प घिमिरे लगायतले आआफ्ना भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित