चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

सन्दीप लामिछाने प्रकरण : अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।

आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए । पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।

अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०६१ जेठ २ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी गरेका थिए त्यो अहिले पुष्टि भएको छ ।

केही दिन अगाडि नुवाकोटबाट किशोरी रहेको भनिएको गाउँपालिकाले पठाएको रेकर्डअनुसार अस्पतालले पठाएको जन्ममिति मिलेको ती वकिलले बताए ।

पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ । जन्मदर्तामा जन्ममिति २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाएको पाइएको छ ।

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।

‘पीडित नाबालिग नभएको हामीले तथ्य फेला पारेका छौं, त्यसको प्रमाण हामीसँग छ, त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार