दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

साईग्लोबल कप सुरु, उद्घाटन खेलमा न्यु होराइजन विजयी

रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात गरेको छ । न्यू होराइजनले साईग्लोबल कलेज, भैरहवालाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २ सय २८ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अमर मिश्राले आकर्षक ब्याटिङ गर्दै १ सय ३ रनको योगदान दिए । म्यान अफ द म्याच समेत रहेका मिश्राले ६० बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतले शतक पुरा गरेका थिए । त्यसैगरी आशिष लोहनीले २३ रन बनाउँदा राहुल भण्डारी, अंकित बिएम तथा प्रकाश गिरीले समान १८–१८, र निश्चल ज्ञवालीको १२ रनको योगदान दिए । बलिङगमा साईग्लोबलका फराद अहमद, बिबेक कोहाँर र अजय रसाइलीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा साईग्लोबलले ९ विकेटको क्षतिमा १ सय १३ रन मात्रै बनाई हार व्यहोर्न पुग्यो । साईग्लोबलका बिद्या गुप्ताले सर्बाधिक ५६ रन बनाए पनि टिमलाई जित दिलाउस सकेनन् । त्यस्तै, अजय रसाइलीले ३० र सुरज यादवले १५ बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् । साईग्लोबललाई सस्तैमा रोक्ने क्रममा न्यू होराइजनका अमर मिश्राले ६ विकेट लिए भने प्रकाश गिरीले २ र बिशाल भुसालले एक विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विधार्थी र खेलाडी बन्नेहरुका लागि यो प्रतियोगिता उत्प्रेरणााको स्रोत बताए । उनले खेलले आफ्नो ठाउँ, नाम र मुलसकलाई चिनाउन मद्दत गर्ने जनाए । ‘क्रिकेटको पवद्र्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण छ । क्रिकेट संघले धेरै खेलाडी जन्मायो । रुपन्देही र भैरहवालाई चिनायो । अब पनि धेरै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने । खेलको निष्ठा जागृत गर्न विद्यालयहरुले खेललाई प्राथमिकता दिनुपर्नेम उनले जोड दिए । ‘धेरै विद्यालयहरुले खेललाई प्राथमिकता दिएका छैनन् । अब दिनुपर्छ । निजी क्षेत्र सधै साथमा छ’, उनले भने । शर्माले खेलमा अनुशासन जरुरी रहेको जनाउँदै सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्र गरे ।

संघका अध्यक्ष हरिबहादुर थापाले अबका दिनमा पनि कुनै पनि विद्यालयसँग समन्वय गरेर यस्ता प्रतियोगिता आयोजना गरिरहने जनाए । ‘संघ सधैं क्रिकेटको विकासमा लागेको छ र लागिरहनेछ’, उनले भने, ‘खेलाडीका मर्म, इच्छा बुझ्ने कोसिस गर्नेछौं । धेरै खेलाडी उत्पादनमा लाग्नेछौं ।’ उनले विद्यालयस्तरका यस्ता खेलकुदले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले खेलाडीको जन्म विद्यालयबाटै हुने भएकाले विद्यालयस्तरीय प्रतियोगिता धेरै आयोजना गर्नुपर्नेमा जोड दिए । ‘रुपन्देही क्रिकेटको उर्भरभूमि हो । सफलतालाई अझै बढाउनुपर्छ । खेल राष्ट्रका लागि पनि महत्वपूर्ण हो । क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई आगामी दिनमा पक्कै चिनाउने छ, यसका लागि राम्रा खेलाडी उत्पादनमा लागौं’, उनले भने ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित