रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

दोस्रो कालिका रनिङशिल्डको उपाधि कुवरवर्तीलाई

कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो ।

कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कुल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्र भलिबलको उपाधि कुवरवर्ति इगलि बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३-१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३-० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २-० सेटमा पराजित गरेको छ ।
छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३-२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ई बो स्कुल तेस्रो भएको छ ।

छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२-३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

कविता प्रतियोगितामा प्रशंसा प्रथम

कालिका मानवज्ञान माबिको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन । शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा कालिका मानवज्ञान माबिको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर माबि कविता प्रतियोगिता सन्चालन गरिएको थियो ।

‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुलकि अन्जली पान्डे र मणिमुकुन्द मा विकि प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतिय भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक बिबेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालको मुल्यांकन समितिले निर्णायकको भुमिका खेलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित