लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

दोस्रो कालिका रनिङशिल्ड: ६ स्वर्ण सहित कालिका अगाडी, कुवरवर्तीलाई ५ स्वर्ण

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जारी खेलका ५ स्वर्ण जित्दै कुवरवर्ती माबि दोस्रो तथा २ स्वर्णका साथ रामापुर माबि तेस्रो स्थानमा रहेको छ ।
कालिका मानव ज्ञान माबिका सलिम देवानले छात्र त्रिपलजम्पमा १२.९४ मिटर दुरी जम्प गर्दै स्वर्ण जिते ।

यसैगरि नबिन औद्योगिक माबिका बिशाल परियारले ११.४० दुरी जम्प गर्दै दोस्रो तथा न्यु होराईजनका बिजय यादवले ११.३८ मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

छात्रातर्फ कालिका मानवज्ञानकी कृति पराजुलीले ८.६८ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेकी छिन । यसैगरि एभरेष्ट इबोस्कुलकी निशा चौधरीले ८.५२ मिटर जम्प गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी लक्ष्मी बलालले ८.३० मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।
छात्र २ सय मिटर दौडमा कुवरवर्ती माबिका दिल बहादुर कुवरले २४.६४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । खेलमा जनजागृति माबिका मनिष थापामगर २५.२४ सेकेण्डमा दुरी पार गदै दोस्रो र न्यु होराईजनका अंकित श्रेष्ठ २६.९२ सेकेण्डमा दुरी पार गदै तेस्रो भए । छात्रा २ सय मिटरतर्फ भने रामापुर माबिकी पवित्रा बिकले ३०.४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी छिन ।

कालिका मानवज्ञानकी कृति पराजुलीले ३१.०५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा कुवरवर्ती माबिका रोजी थापाले ३१.३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी छिन ।
यसैगरि छात्र ८ सय मिटर दौडमा कुवरवर्तीका स्वरुप दराईले २.११ मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । नबिनका प्रशान्त थापाले २.१७ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा कालिकाका लेख बहादुर झेडीले २.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन ।

छात्रातर्फ पनि कुवरवर्तीकी रजनी थारुले २.५० मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । खेलमा कालिकाकी रजनी थापाले ३.०१ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा टिकुलीगढ माबिकी श्रृजना काईरीले ३.०३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।

एथ्लेटिक्सकै छात्र ४ बाई ४ सय मिटर दौडमा कुवरवर्ती माबिका शेर बहादुर क्षेत्री, प्रेम चौधरी, डिल्लीराज कुवर र स्वरुप दराईको समुह ३.४९ मिनेटमा दुरी पार गर्दै स्वर्ण जित्न सफल भएका छन ।

कालिका मानव ज्ञानका लेख बहादुर झेडी, सलिम देवान, रबी घर्तीमगर, विकास गैरेको समुह ३.५४ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका दशान बिक, प्रशान्त थापा, शुशिल चौधरी र दिपक बिकको समुह ३.५७ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।
छात्रा ४ बाई ४ सय मिटरमा कालिका मानव ज्ञान माबिका रक्षा थापा, लक्ष्मी भुुषाल, अनिषा कुवर, कृति पराजुलीको टिम ५ मिनेटमा दुरी पार गर्दै स्वर्ण जितेका छन ।

कुवरवर्तीका रोजी थापा, जिना थापा, रजनी थारु, सलिना चौधरीको टिम ५.०५ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका अलिसा पाण्डे, प्रकृति थापा, लक्ष्मी बलामी, लक्ष्मी थापाको टिम ५.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन ।

छात्र भलिबलमातर्फ पहिलो सेमीफाईनलमा उजिरसिहले न्यु होराईजन माबि र कुवरवर्तीले कालिका मानवज्ञान माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन । यसैगरि छात्रा भलिबलको उपाधिका लागि भने न्यु होराईजन र एभरेष्ट इगलिस बोर्डिङ स्कुलका बिचमा खेल हुने छ ।
छात्र कबठ्ठीको पहिलो सेमीफाईनल खेलमा कालिकाले क्यानन र दोस्रो सेमीफाईनलमा सुर्यपुराले कान्ति माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । छात्रातर्फ न्यु होराईजनले जनजागृतिलाई र कालिकाले न्यु होराईजनलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित