रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

आज देखि दोस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता सुरु

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएकोे दोस्रो कालिका जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको वताउनुभयो ।

आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय खेलकुदसहित धेरै खेलकुल प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उहाले उमेर समुहका खेलाडीहरुलाई अवसर दिने रुपमा कार्यक्रम ल्याउन लागिएको वताउनु भयो । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उहाको भनाई छ । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरि घनश्याम पाठक जस्ता ब्यक्तिको जन्म हुने घिसिङले बताउनु भयो।

त्यस्तै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताउनु भयो।

बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको वताउनु भयो । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उहाँको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाईएको बताउनु भयो।

पुस ७ गतेसम्म संचालन हुने प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने विद्यालयका खेलकुद संयोजक हरिस ओलीले बताउनु भयो । ओलीका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने बताउनु भयो।

विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस ७ गते सम्म बिभिन्न कार्यक्रम गरि मनाउने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित