तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । न्यू होराइजन स्पोर्टस् क्लबको आयोजनामा बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू होराईजन इङ्लिस सेकेण्डरी स्कूलले जितेको छ ।

शनिबार बुटवलमा सम्पन्न फाइनल खेलमा कालिका मानवज्ञान माविलाई शुन्यका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।

न्यू होराइजनले पहिलो सेट २० का विरुद्ध २५, दोस्रो सेट १७ का विरुद्ध २५ र तेस्रो सेट १९ का विरुद्ध २५ अंकले जितेको हो । उपाधिसंगै न्यू होराइजनले नगद ४० हजार, उपविजेता कालिका मानवज्ञान मावि बुटवलले नगद ३० हजार, तृतिय भएको कान्ति मावि बुटवलले नगद २० हजार र सान्त्वना भएको सैनामैना मावि सैनामैनाले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी टिम र खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, न्यू होराईजन माविका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु वासुदेव अर्याल र राजीव श्रेष्ठ,न्यू होराइजन स्पोटर््स् क्लबका अध्यक्ष चेतन उचै ठकुरी, संस्थापक अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष बालकृष्ण बस्याल,प्रतियोगिता संयोजक नरेन्द्र सारु,क्लबका सदस्य मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले खेलकुदलाई वार्षिक नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिएर पर्याप्त वजेट विनियोजन गर्ने गरेको बताए । प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले गुणस्तरीय शिक्षासंगै वद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर विभिन्न १७ विधाका खेल प्रशिक्षक राखेर खेलकुद प्रतियोगिताहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । यस्तै काभा महिला भलिबल प्रतियोगितामा सहभागी न्यू होारइजनकी खेलाडी प्रतिभा चौधरीलाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको थियो । समापन समारोहमा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, स्पाईकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट कोच, अनुशाशित खेलाडि र उदियमान खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । क्लबले एक वर्ष छात्र भलिबल र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित