रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु

बुटवल । रुपन्देहीको बुटवलमा एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट इङलिस मावि बुटवलको आयोजनामा सुरु भएको एभरेष्ट कप छात्रा भलिवल प्रतियोगितामा जिल्लाभरीका डेढ दर्जन सामुदायिक र संस्थागत विद्यालयका टिमहरुको सहभागिता रहेको छ ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु होराईजन र आयोजक एभरेष्ट मावि विजयी भएका छन् । पहिलो उद्घाटन खेलमा देवदह इङलिस बोर्डिङ स्कुललाई सोझो सेटमा हराउँदै होराइजन मावि बुटवलले अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै सोमबार नै भएको दोस्रो खेलमा अक्सफोड मावि बुटवललाई सोझै सेटमै पराजित गर्दै आयोजक एभरेष्ट इङलिस माविले अघिल्लो चरणको यात्रालाई सुरक्षित गरेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु मंगलबार र बुधबार हुने छन् भने बुधबार फाइनल खेल हुने उनले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख विष्णुप्रसाद पन्थीले खेलकुदले विद्यार्थीको चौतर्फि विकास गर्ने उल्लेख गर्दै संस्थागत विद्यालयहरुले शैक्षिकसँगै खेलकुदको क्षेत्रमा ठुलो लगानी गरेको बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, हिसानका केन्द्रीय सदस्य दिनेश भुसाल, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सनका रुपन्देही अध्यक्ष दीपक खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, विद्यालयका सहप्राचार्य भिमसेन गौतमलगायतले खेलकुदको विकासमा निजी विद्यालयहरुको भुमिका महत्वपुर्ण रहदै आएको उल्लेख गर्दै सहभागि टिमलाई विजयीको शुभकामना दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानले विद्यालयले शैक्षिकसँगै आन्तरिक, नगर र जिल्लास्तरीय विभिन्न कार्यक्रमहरु निरन्तर आयोजना हुँदै आएको बताए । शिक्षक माधव पौडेलको संचालनमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसर पारेर विद्यालयले खेलकुद सप्ताहको पनि शुभारम्भ गरेको छ । कक्षा एकदेखि मावितहका विद्यार्थीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने सप्ताहमा भलिवल, स्कीपिङ रेश, टायर रेश, बुक रेश, हाइजम्प, लगजम्प, बलुन ब्लाष्ट, म्युजिकल चियरलगायतका प्रतिस्प्रर्धाहरु हुने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित