रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न

बुटवल । रुपन्देही जिल्लामा जिल्ला स्तरीय एकदिने र्‍यापिड चेस प्रतियोगिता सम्पन्न भएको छ। लुम्बिनी वर्ल्ड स्कुल र लुम्बिनी चेस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयबाट ८८ जना खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिता अन्डर–१६, अन्डर–१३ र गल्स गरी तीन विधामा सञ्चालन गरिएको थियो। खेलाडीहरूबीच निकै प्रतिस्पर्धात्मक ‘माइन्ड वार’ देखिएको प्रतियोगिताले जिल्लामा चेसप्रतिको उत्साह झल्काएको आयोजकले बताएका छन्।

कार्यक्रममा प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अशोक भण्डारी, कार्यक्रम संयोजक शिखर रेग्मी तथा कार्यक्रम सञ्चालकले आ–आफ्नो धारणा राख्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

लुम्बिनी वर्ल्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले रुपन्देही जिल्लामा चेस खेलको विकास र प्रवर्द्धनमा विद्यालयले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा मुख्य निर्णायक मिशन बास्कोटाको नेतृत्वमा ५ राउण्डको स्विस लिग प्रणालीमा खेल सञ्चालन गरिएको थियो। प्रत्येक विधाबाट शीर्ष ५–५ जना खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको नतिजा
अन्डर–१६ समूह
१। साइरस बज्राचार्य – एभरेस्ट बोर्डिङ स्कुल
२। लाकास पौडेल – कालिका मानवज्ञान
३। सुपर श्रेष्ठ – बुद्ध पब्लिक स्कुल
४। आशुतोष उपाध्याय – न्यू होराइजन
५। भावेश डंगोरिया – सिद्धार्थ बोर्डिङ

अन्डर–१३ समूह
१। सार्थक श्रेष्ठ – लुम्बिनी वर्ल्ड स्कुल र लुम्बिनी चेस एकेडेमी
२। शेखर रिजाल – न्यू होराइजन
३। आरोन आचार्य – एभरेस्ट बोर्डिङ
४। ऋषिकेश ढकाल – न्यू होराइजन
५। ऋषोन थापा मगर – काशी बोर्डिङ र लुम्बिनी चेस एकेडेमी

गल्स समूह
१। सन्जिमा क्षेत्री – एभरेस्ट बोर्डिङ
२। लिरिक्स थापा – एभरेस्ट बोर्डिङ
३। बिनाचौरसिया – काशी नोबल
४। जेनिशा अर्याल – न्यू होराइजन
५। रिदिमा क्षेत्री – न्यू होराइजन

साथै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संघ–संस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित