मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

बुटवल । रोटर्‍याक्ट क्लव अफ मणिग्रामको आयोजनमा बुटवलमा शनिबार हुने दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ।

क्लवले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो। बुटवल-१०को स्वर्णिम फुटसल ग्राउण्डमा पुरुष र महिला गरि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष बिनोद बश्यालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।

रुपन्देहीका रोटर्‍याक्ट क्लवहरुबिच सद्भाव बढाउनको लागि प्रतियोगिता आयोजना गरिएको बताउदै उनले पुरुषका १६ र महिलाका ७ टिमबिच नकआउट आधारमा खेलहरु हुने जानकारी गराए।

देशभरी छरिएर रहेका रोटर्‍याक्ट परिवारलाई एक ठाँउमा खेलको माध्यम प्रयोग गरिएको आईपी डिआरआर बिक्रम क्षेत्रीले बताए।

पुरुष तर्फ प्रथम पुरस्कार रु ३३,३३३ र दोश्रो हुनेलाई १५, ५५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ। महिलातर्फ भने प्रथम हुनेलाइ शिल्ड, मेडल र प्रमाणपत्र र प्रदान गरिने छ।

सो अवसरमा चार्टर्ड प्रेसिडेन्ट कृष्ण प्रसाद बस्याल, डिडिआर ईलेक्ट प्रकाश शर्मा गैरे पास्ट प्रेसिडेन्ट आयुस पौडेल लगायतले बोलेका थिए।
सो अवसरमा टाईसिट सार्वजनिक तथा आयोजक क्लवको जर्सी सार्वजनिक गरिएको थियो।

प्रतियोगिताको पहिलो सिजन सेन्टर रुपन्देहीले जितेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित